Abinash Yakkha Dewan
Takdah Cantt, Darjeeling Email-abinash_dewan@yahoo.co.in
परम्परा मेरो छुने आकाश,
आकांक्षा मेरो उड़ने झै बतास,
जसले गरे मेरो र्निमाण,
उसै संग जोडीएको मेरो प्राण,
लहसिएर यसरीनै हवा संग,
उड़दा उड़दै भए म झसंग,
रुखको हांगोमा पारी,
बसेको छ एउटा चरी,
देखेर उसलाई मनमा मच्चियो खुलदुली,
मच्चिएर गए उसलाई सुनाउन मनको ढुकढुकी,
आर्श्चाय प्रकट पहिले गरी,
बादमा भनि नाँउ मेरो सुनचरी,
कुरामा काहनी र्गदा न र्गदा भएछ अबेला,
यसरीनै अब उसको जाने भएछ बेला,
गए उ हवाको भेगमा फरर उडी,
बसे म हवाको भेगले हांगोमा अड़की,
चेष्टा गरे आफुलाई छुट्टाउन अनेकौ चोटि,
हारेर आखिरमा आफुलाई भने भाग्य यी तेरो गुड्डी,
सहेर दुख र कष्ट बिते बर्षा,
हिउँदो आयो फेरि लिएर एउटै आश,
आउछिन् होला त्यही सरल सुनचरी,
तर बिते हिउँदो छैन निशान वारी पारी,
कति हो कति विते मेरो जीवनको काल,
छु आज म केवल एउटा नरकंकाल।
Darjeeling
Abinash Thank you for such a wonderful poem...hope to see more creative works in future...
ReplyDeleteWonderful...I like the word "Sunchari" Nice poem brother..keep writing..
ReplyDeletewonderful..dami Sunchari...word..like it..dont stop writing
ReplyDeleteDami Lageyo Keep writing sathi
ReplyDeletethanks guys
ReplyDelete